अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०३ | Colorodo: 17:18

सहिद स्मारक लिग– जावलाखेलको पहिलो जित

बिआरटीनेपाल २०७६ पुष ५ गते ७:२० मा प्रकाशित

जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जावलाखेलले पहिलो जित निकालेको हो ।

जावलाखेलको जितमा विदेशी खेलाडी ड्याडी जुनियर वाम्बाले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको १० औं मिनेटमा गोल गर्नुभएको हो । पहिलो खेलमा जावलाखेलले थ्री स्टारसँग गोलरहित बराबरी खेलेको थियो । जितसँगै जावलाखेलले दुइ खेलमा चार अंक जोडेको छ ।

सरस्वतीको लगातार दोस्रो हार हो । अंक विहीन सरस्वती पहिलो खेलमा एनआरटीसँग चार शून्यले पराजित भएको थियो ।

प्रतिक्रिया