अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३३ | Colorodo: 22:48

महाअभियोग लागेका राष्ट्रपति ट्रम्पलाई स्टेट अफ युनियुन स्पीचका लागि सभामुख पेलोसीको निम्तो

बिआरटीनेपाल २०७६ पुष ५ गते ७:१८ मा प्रकाशित

अमेरिकी संसदकी सभामुख न्यासी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्टेट अफ युनियन स्पीचका लागि निमन्त्रणा दिनुभएको छ । संसदमा डेमोक्र्याटिक पार्टीकी सर्वोच्च नेता पेलोसीले राष्ट्रपति ट्रम्पलाई आउँदो फेब्रुअरी ४ मा स्टेट अफ युनियन स्पीचका दिन निम्तो पठाउनुएको हो । ट्रम्पले तल्लो सदनबाट पारित भएसँगै औपचारिक रुपमा महाअभियोगका सामना गरिरहनुभएको छ । राष्ट्रपति ट्रम्पको स्टेट अफ युनियन स्पीच माथिल्लो सदन सिनेटमा महाअभियोगमाथि ट्रायल चल्दै गर्दा वा त्यस लगत्तै हुनेछ ।

नेपाली समय अनुसार गएको बिहीबार तल्लो सदनले ट्रम्पमाथि शक्तिको दुरुपयोग तथा संसदको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा औपचारिक रुपमा महाअभियोग लगाएको हो । सभामुख पेलोसीले सिनेटले महाभियोगका सम्बन्धमा जस्तो निर्णय गरे पनि ट्रम्प सधैँका लागि महाअभियोग लागेको व्यक्ति रहने दावी गर्नुभएको छ ।

तल्लो सदनमा भएको मतदानमा रिपब्लिकनहरुले लगभग पूर्णतः पार्टी लाइन अनुसार नै महाअभियोगको विपक्षमा मतदान गरेका थिए । तर डेमोक्र्याटको बहुमत रहेको तल्लो सदनले महाअभियोग प्रस्ताव पारित गरेको हो । डेमोक्र्याट र रिपब्लिकनबिच सिनेटमा हुने ट्रायलबारे सहमति हुन बाँकी छ ।

सभामुख पेलोसीले राष्ट्रपति ट्रम्पलाई लेखेको पत्रमा शक्ति पृथकिकरणको संवैधानिक व्यवस्थालाई जोड दिइएको छ । उहाँले अमेरिकी संविधान अनुसार न्यायपालिका, कार्यपालिका र संसद गरी शक्तिका तीन केन्द्र रहेको र ती सबैले एकअर्कालाई सम्मान र सहयोग गर्नु पर्ने पत्रमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू