अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२६ | Colorodo: 07:41

पीपीएलमा काठमाण्डौको प्लेअफ सम्भावना कायमै – विराटनगर ३६ रनले पराजित

बिआरटीनेपाल २०७६ पुष ५ गते ७:१२ मा प्रकाशित

पोखरा प्रिमियर लिग अन्तर्गत काठमाण्डौ गोल्डेन्सले विराटनगर टाइटन्सलाई ३६ रनले पराजित गरेको छ। यो काठमाण्डौको दोस्रो जित हो भने विराटनगरको दोस्रो हारहो । यो जितसँगै काठमाण्डौले प्लेअफको सम्भावना कायमै राखेको छ ।

पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डौले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ५९ रन बनायो । खराब सुरुवात गरेको काठमाण्डौले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । उसका ओपनर गौरव तोमार शून्य रनमा नै आउट भए । त्यसपछि दोस्रो विकेटका लागि अमित श्रेष्ठ र जयकिशन कोल्सावालाले ४३ रनको साझेदारी गरे । जसमा अमित १७ रनमा पेभेलियन फर्किए ।

तेस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र जयकिशनले अर्धशतकीय साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा र्पुयाए । उनीहरुले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे । मल्लले ३३ बलमा तीन चौका र २ छक्का प्रहार गर्दै ४५ रन बनाए । यस्तै कोल्सावालाले ४३ बलमा पाँच चौका र दुई छक्काको मदतले ५५ रन बनाए ।

जवाफमा विराटनगर १९ ओभर चार बलमा एक सय २३ रनमा अलआउट भयो । निकै खराब सुरुवात गरेको विराटनगरले तीन रनमा पहिलो विकेट गुमायो भने ११ रनमा तीन विकेट खेर फाल्यो । त्यसपछि ४१ रन बनाउँदा ६ विकेट गुमाएको थियो । उसका दुई ओपनर सुनील धमला र मुहम्मद जेइद आलम एक एक रनमा आउट भए ।

यस्तै राजु रिजाल एक, राजेश पुलामी दुई तथा दिलिप नाथ पनि एक रनमा पेभेलियन फर्किए । कप्तान प्रदिप ऐरीले २९ रनको योगदान गरे । टिम निकै खराब अवस्थामा रहेका बेला नोमान खान र पुनित मेहराले टिमका लागि ७९ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए । तर नोमन खान २५ रनमा आउट हुँदा विराटनगरले एक सय २० रनमा सातौँ विकेट गुमायो । त्यसको लगत्तै पुनित पनि ५३ रनमा बाहिरिएपछि टिमको हार सुनिश्चित भयो ।

त्यसपछि विराटनगरले अरु एक रन थप्दा तीन विकेट गुमाएर अलआउट भयो। बलिङमा सुबोध भाटीले तीन विकेट लिए भने बसन्त रेग्मीले दुई विकेट हात पारे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू