अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२३ | Colorodo: 07:38

भारतमा जारी विरोध प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

बिआरटीनेपाल २०७६ पुष ५ गते ७:०९ मा प्रकाशित

भारतमा जारी विरोध प्रदर्शनमा परि मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । भारत सरकारले ल्याएको नागरिकता सम्बन्धी संशोधन विधेयकको विरोधमा पछिल्लो एक सातामा मृत्यु हुनेको सङ्ख्या २० पुगेको भारतीय गृह मन्त्रालयले जनाएको छ ।

भारतले सरकारले ल्याएको नागरिकता सम्बन्धी संशोधित कानूनमा छिमेकी देशबाट शरणका लागि भारत आएका हिन्दु, जैन, बौद्ध, सिख, पारसी र ईसाई समुदायलाई पनि भारतीय नागरिकता दिने प्रावधान गरिएको छ ।

भारत सरकारले ल्याएको यो विधेयकको विरोधमा असामबाट सुरु भएको विरोध प्रदर्शन गुवाहाटी, बंगाल, दिल्ली हुँदै महाराष्ट्र र विजनौरसम्म पुगेको छ । भारत सरकारले विरोध प्रदर्शन गर्नेहरुलाई नियन्त्रणमा लिएको छ भने प्रधानमन्त्री नरेन्द्र मोदीले आन्दोलनकारीलाई संयम रहन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू