अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२७ | Colorodo: 07:42

नेकपा सचिवालय सदस्य संख्या नबढ्ने, माग सुनुवाइ भएन

बिआरटीनेपाल २०७६ पुष ५ गते ७:०६ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय संख्या नबढ्ने भएको छ । जारी नेकपा स्थायी कमिटी बैठकमा केही नेताहरुले समानुपातिक र समावेशी तबरले सचिवालय गठन गरिनुपर्ने र त्यसमा छुटेकाहरुलाई समेटिनुपर्ने माग गरेपनि नेतृत्वले सचिवालय संख्या नबढाउने निर्णय गरेको हो ।

नेकपा स्थायी समिति सदस्य रघुजी पन्तले सचिवालय सदस्य संख्या नबढ्ने निर्णय भएको बताउनुभयो । स्थायी समिति बैठकमा नेतृहरु पम्फा भुसाल र अष्ठलक्ष्मी शाक्यले सचिवालयमा महिला नसमेटिएको भन्दै संख्या बढाउन खुलेर माग गर्नुभएको थियो । यस्तै सुरुदेखि नै वरिष्ठ नेता माधव कुमार नेपालले पनि सचिवालय संख्या बढाइनुपर्ने आवाज उठाउँदै आउनुभएको थियो ।

नेकपाभित्र सचिवालय सदस्य विस्तार गरेर १९ सदस्य बनाइनुपर्ने आवाज उठेको छ । हाल सचिवालय सदस्य संख्या ९ जना रहेको छ । यसैबीच आजको बैठकमा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले सदस्यहरुले उठाएको प्रश्नमाथि जवाफ दिनुभएको छ । जवाफ दिने क्रम नसकिएकोले बैठक आइतबार पनि जारी रहने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू