अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१७ | Colorodo: 23:32

करोड खर्चेर अमेरिका पुगेका युवालाई हत्कडी, विमान चार्टर गरी नेपाल फर्काईयो

बिआरटीनेपाल २०७६ पुष ४ गते ८:३३ मा प्रकाशित

अवैध रुपमा अमेरिका छिर्ने प्रयास गर्दा पक्राउ परेका पाँच नेपालीलाई अमेरिकाले विमान नै चार्टर गरी नेपाल ल्याएर छाडिदिएको छ । अमेरिका–मेक्सिको सीमामा विभिन्न समयमा पक्राउ परेका उनीहरुलाई जेल सजायपछि निष्कासन गरी नेपाल फर्काइएको हो ।

उनीहरु रुकुम, दाङ, बाग्लुङ र नवलपरासीका छन् । बुधबार दिउँसो नेपाल अवतरण गराइएका उनीहरुलाई जहाजमा रहँदासम्म हत्कडी लगाइएको थियो । केहीले अमेरिका पुग्न एक करोड रुपैंयाँसम्म खर्च गरेको बताएका छन् । तर नेपाल फिर्ता गराईएपछि घरजान उनीहरुसँग बस भाडासमेत थिएन ।

प्रहरीले नै उनीहरुलाई बसभाडा दिएर घर पठाएको छ । अमेरिकाबाट उडेको १३ सिटे विमानमा पाँच नेपाली र तीन पाकिस्तानी नागरिक रहेका थिए । तीन पाकिस्तानीलाई उनीहरुको देशमा छाडेपछि नेपाली लिएर विमान काठमाडौं आएको हो । उनीहरुलाई लिन मानव बेचविखन नियन्त्रण ब्यूरोका प्रहरी अधिकारीहरु विमानस्थल पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू