अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५३ | Colorodo: 13:08

अब सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ – मन्त्री अर्याल

बिआरटीनेपाल २०७६ पुष ४ गते ८:३१ मा प्रकाशित

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको २८ औं वार्षिक साधारणसभालाई आज काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

अब सहकारी क्षेत्रलाई डिजिटलाइज्ड गर्नुपर्ने भन्दै मन्त्री अर्यालले हिजोका दिनमा एक महिना लाग्ने काम एक दिनमा सम्पन्न हुनेगरी समयसापेक्ष प्रविधिको प्रयोग गर्न आग्रह गर्नुभयो । सहकारी क्षेत्रमा केही सम्भाब्य खतराहरु देखापरेको भन्दै मन्त्री अर्यालले अब सहकारीका सञ्चालक सदस्यहरुले प्रत्येक वर्ष सम्पत्ति विवरण पेश गर्नुपर्ने बताउनुभयो । परम्पराबादी ढंगले सहकारी चल्न नसक्ने भन्दै समयसापेक्ष सहकारीले प्रविधिको प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

सहकारी अभियानले अब सङ्ख्या बढाउने भन्दा पनि गुणस्तरियतामा प्राथमिकता दिनुपर्ने भन्दै उहाँले सहकारी संस्थाहरुको मर्जर अभियान अभियन्ताहरुलाई हेरेर ल्याइएको बताउनुभयो । संस्था धेरै भएर मात्र प्रगति नहुने भन्दै उहाँले बित्तिय कारोबार बढी गर्ने संस्थाहरुबीचमा बढी मर्जर गर्न खोजिएको बताउनुभयो । संस्था बढाउनुभन्दा मर्जर गरेर कार्यक्षेत्र बढाउदा बढी राम्रो हुने उहाँको भनाइ छ ।

सरकार, सहकारी र नीजि क्षेत्रलाई राज्यले संविधान मार्फत विकास र समृद्धिको साझेदार मानिसकेको दोहो¥याउदै मन्त्री अर्यालले अब सहकारीमार्फत मुलुक समृद्धिको दिशामा अगाडी बढ्नुपर्ने बताउनुभयो । कृषिको आधुनिकिकरण, यान्त्रिकिकरण र औद्योगिकिकरणमा राज्य अगाडी बढ्ने भन्दै त्यसको अगुवाई सहकारीले गर्नुपर्ने मन्त्री अर्यालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू