अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०२ | Colorodo: 09:17

यस वर्षको नारायणगोपाल युवा सङ्गीत पुरस्कार अविरल र मीनालाई

बिआरटीनेपाल २०७६ पुष ४ गते ८:३४ मा प्रकाशित

यस वर्षको नारायणगोपाल युवा सङ्गीत पुरस्कार आशिष अविरल र मीना निरौलालाई प्रदान गरिएको छ । राष्ट्रिय युवा परिषद्ले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई नेपाली सङ्गीतका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै जनही २५ हजार रुपैया र स्वर्ण पदकसहित पुरस्कृत गरिएको हो ।

विसं २०४२ मा स्थापित सो संस्थाले २०४८ सालमा नारायणगोपाल गुरुवाचार्यका स्मृतिमा सो कोष स्थापना गरेको हो । युवा गायक तथा सङ्गीतकार अविरलले ‘सालको पात‘’, ‘लालुमाई‘’ तथा निरौलाले ‘काले दाइ काले दाइ‘’, ‘ठमेल बजार‘’ जस्ता गीत गाएका छन् । यो पुरस्कार हालसम्मा ४६ जनालाई प्रदान गरिसकिएको छ ।

प्रतिक्रिया