अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३२ | Colorodo: 09:47

काँग्रेस केन्द्रीय समिति बैठक पुस १० गतेसम्मलाई स्थगित

बिआरटीनेपाल २०७६ पुष ४ गते ८:१४ मा प्रकाशित

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । आजको लागि बोलाईएको बैठक पार्टी भित्रको विवाद अन्त्यका लागि भन्दै पुस १० गतेसम्मको लागि स्थगित गरिएको हो । मंसिर २६ देखि बोलाइएको बैठकमा औपचारिक प्रस्तावमा छलफल हुन सकेको थिएन ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बहिष्कार गरेपछि संस्थापन पक्षका केन्द्रीय सदस्यहरुको बैठक दुई दिन बसेको थियो । विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशन लगायतका विषयमा सहमति हुन सकेको छैन । संस्थापन पक्षका मात्रै नेताहरु सहभागी केन्द्रीय समितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले ४१ विभाग बनाउने प्रस्ताव गर्नुभएको थियो ।

संस्थापन इतर समूहले विभाग गठनको आवश्यकता नरहेको बताउँदै आएको छ । साथै, विभाग गठन गर्नु परे विधान अनुसार २८ विभाग मात्रै गठन गर्नुपर्ने उसको माग छ । भ्रातृ संस्थाको गठनमा समेत विवाद देखिएको छ । नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्वमा संस्थापन पक्षको दाबी छ । पौडेल पक्षले दुई भ्रातृ संस्था मध्ये एकको नेतृत्वमा दाबी गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू