अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५३ | Colorodo: 03:08

अमेरिकाका विभिन्न सहरमा ट्रम्पलाई महा अभियोग लगाउन जुलुस

विजय थापा २०७६ पुष २ गते ११:१० मा प्रकाशित

अमेरिकाका विभिन्न सहरमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महा अभियोग लगाउन पर्छ भन्दै जुलुस प्रदर्शन भएका छन् । अमेरिकी तल्लो सदनमा आज महा अभियोग लगाउने मतदान हुँदैन । बिहान देखि त्यसै विषयमा बहस हुने छ भने साँझ पंख मतदान हुने छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प महाआभियोग लाग्ने अमेरिकी इतिहासमा तेस्रो राष्ट्रपति हुने छन् । गत डिसेम्बर १७ का दिन ट्रम्पले आफूलाई महा अभियोग लगाउने भन्दै आक्रोश पोख्दै तल्लो सदन कि सभामुख न्यान्सी पेलोसीलाई पत्र लेखेका छन् । न्यान्सीले पनि उक्त पत्रको जवाफमा हास्यास्पद र रोग ग्रस्त भनेर प्रतिक्रिया दिएकी छिन् ।

ट्रम्पलाई महाभियोग लगाउन दबाब दिन वासिङ्टन डिसी, न्यु योर्क, सिकागो, सेन्ट पौल, मिनेसोटा, फिनिक्स एरोजोनामा जुलुस निकालेका छन् । उक्त जुलुसमा कानुन भन्दा कोही माथि छैन, हामीहरू यस भन्दा माथि गै सकेका छौ र अमेरिकाले राजा चाहँदैन भन्ने नाराहरू लगाएका थिए ।

तस्बिर : रोयटर्स ,एपी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू