अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४० | Colorodo: 11:55

सुरक्षा कारबाहीमा अफगानिस्तानमा ८० लडाकू मारिए

बिआरटीनेपाल २०७६ पुष २ गते ८:१७ मा प्रकाशित

अफगानिस्तानमा भएका विभिन्न सुरक्षा कारबाहीमा परी ८० लडाकू मारिएका छन् । देशको पश्चिमी, पूर्वी र दक्षिणी क्षेत्रमा गत २४ घण्टामा भएका कारबाहीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको पूर्वी भागमा रहको घाज्नी प्रान्तमा बुधबार विहान ११ जना मारिएका छन् भने अरु ६ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता अरेफ नुरीले जानकारी दिनुभयो ।

अनुसार सो घटनामा परी सुरक्षाकर्मीतर्फ भने दुई जना घाइते भएका छन् । त्यसैगरी विषेश सुरक्षा इकाइले तालिवान लडाकूहरुविरुद्ध घोर प्रान्तको डावलात यार जिल्लाको समाक जिल्लामा पनि सुरक्षा कारबाही चलाएको छ । लडाकूहरुको आश्रयस्थलमा मङ्गलबार आक्रमण भएको र घटनामा परी कम्तीमा ५३ जनाको मृत्यु भएको विषेश सुरक्षा इकाइका प्रवक्ता अब्दुल घाफार नुरिस्तानीले बताउनुभयो । कान्दाहार प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी २५ भन्दा बढी लडाकू मारिएका सुरक्षा स्रोतले जानकारी दिएको छ । कान्दाहार प्रान्तको शाह वालीकोट जिल्लामा भएको कारबाहीमा ती लडाकू मारिएका सैन्य अधिकारीद्वारा बुधबार जारी वक्तव्यमा जनाइएको छ ।

जारी वक्तव्यमा लडाकूविरुद्वको खोजी तथा कारबाही अभियान जारी रहेको र केही लडाकूहरु घाइते भएको जानकारी दिइएको छ । सुरक्षाकर्मीतर्फ भएको क्षतिका बारेमा भने वक्तव्यमा केही पनि उल्लेख गरिएको छैन । कान्दहर प्रान्तमा तालिबान लडाकूहरु सक्रिय रहेका छन् । तर उनीहरुको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया भने नआएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू