अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४४ | Colorodo: 00:59

जुम्लामा बेपत्ता भएका भनिएका १२ जना सकुशल घर फिर्ता

बिआरटीनेपाल २०७६ मंसिर ३० गते ८:३० मा प्रकाशित

जुम्लाको तिला गाउँपालिका–९, शेरा फूलबारी पाटनमा जडीबुटी संकलन गर्न गएका ढिपु गाउँका १२ जना सकुशल घर फर्किएका छन् । बिहीबारदेखि सम्पर्कमा नआएका उनीहरु सोमबार घर फर्किएका हुन् ।

चार दिनदेखि सम्पर्कमा नआएको भन्दै तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले गृह मन्त्रालयमार्फत् खोज्न आग्रह गरेका थिए । भारी हिमपातका कारण उनीहरु पाटनकै एक ओडारमा बसेका थिए ।

हिउँ कम भएसँगै उनीहरु आफैं घर फर्किएर आएको जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठकाअनुसार उनीहरुको उद्धारका लागि सुर्खेतमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू