अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२८ | Colorodo: 11:43

पीपीएलमा बुटवल ब्लास्टर्सको जित

बिआरटीनेपाल २०७६ मंसिर ३० गते ८:२४ मा प्रकाशित

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा बुटवल ब्लास्टर्सले विजयी सुरुवात गरेको छ । बुटवलले काठमाडौँ गोल्डेन वारियर्सलाई सुपर ओभरमा पराजित गरेको हो । सुपर ओभरमा १३ रनको लक्ष्य पछ्याएको काठमाडौँले मात्र २ रन बनाउन सक्यो ।

निर्धारित ओभरको खेल बराबरीमा सकिएपछि खेल सुपर ओभरमा पुगेको थियो । यसअघि, काठमाडौँले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । यसअघि, पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । प्रतियोगिताको तेस्रो दिन भोली पोखरा पल्टन र चितवन राइनोजबीच खेल हुनेछ ।

प्रतिक्रिया