अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१५ | Colorodo: 09:30

सडक दुर्घटना घटाउने उपाय खोज्न प्रधानमन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७६ मंसिर ३० गते ८:१२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरुलाई डाकी सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिनुभएको छ । पछिल्लो समय सडक दुर्घटनाका खबर आउन थालेपछि त्यसको न्यूनीकरणका उपाय खोज्न प्रधानमन्त्री ओलीले सडक पूर्वाधार तथा गृह मन्त्रालयका पदाधिकारीहरुलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउनुभएको थियो ।

छलफलमा ओलीले पछिल्लो समय सडक दुर्घटनामा भएका मानवीय क्षतिले आफूलाई निद्रा नपरेको भन्दै यसलाई तत्काल घटाउनेगरी पूर्वाधार तथा सडक नियम पालना गराउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीले निजी सवारी साधनको तुलनामा सार्वजनिक यातायात दुर्घटना हुँदा ठूलो जनधनको क्षति हुने औंल्याउँदै सार्वजनिक यातायातका चालकहरुलाई तालिम, लाइसेन्सको पुनर्परीक्षण, सडक पूर्वाधार प्रयोगको अनुमतिमा गम्भीर परीक्षण गर्न निर्देशन समेत दिनुभयो ।

प्रधानमन्त्री ओलीले हवाई दुर्घटनामा जस्तै हरेक सडक दुर्घटनाको छानबिन गर्दै प्रतिवेदन तयार गरी सोही अनुरुपको सुधार गर्न समेत निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू