अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१४ | Colorodo: 18:29

विदेशी र नेपालीलाई अलग–अलग हवाई भाडादर हुँदैन – पर्यटनमन्त्री भट्टराई

बिआरटीनेपाल २०७६ मंसिर २९ गते ६:२४ मा प्रकाशित

पर्यटनमन्त्री योगेश भट्टराईले हवाई क्षेत्रमा विदेशी र नेपालीलाई अलग–अलग भाडादर हटाउने तयारी गरिरहेको बताउनुभएको छ । आईएमई नेपाल साहित्य महोत्सवको तेस्रो दिन आइतबार पोखरामा उहाँले असमान भाडादर हटाउने प्रतिबद्धता जनाउनुभयो ।

एयरलाइन्स कम्पनीसँग पर्यटनमन्त्रीको ‘सेटिङ’ले दुई थरी भाडादर कायम भएको भन्ने एक सहभागीको जिज्ञासामा भट्टराईले भन्नुभयो, ‘मेरो सेटिङले होइन, यो पहिलेदेखिको सेटिङले भएको हो।’

भट्टराईले एयरलाइन्स कम्पनीसँगकै सहमतिमा अलग भाडादर हटाउने निर्णय कार्यान्वयन गरिने उल्लेख गर्नुभयो । महोत्सवमा ‘अबको नेतृत्व कस्तो?’ शीर्षकको सेसनमा भट्टराईसंग कांग्रेस नेता गगन थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्र संगै हुनुहुन्थ्यो । उहाँहरुसँग पत्रकार उमेश चौहानले छलफल चलाउनुभएको थियो ।

३ दिन यता फेवाताल किनारको बाराहीघाट मैदानमा महोत्सव भइरहेको छ । महोत्सवमा साहित्य, कला, राजनीति लगायत विषयमा दिनभर छलफल भईरहेका छन् । महोत्सव सोमबार सकिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू