अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०३ | Colorodo: 13:18

सडक महोत्सवको निम्तो बाड्न पोखराका पर्यटन व्यवसायी चितवनमा

बिआरटीनेपाल २०७६ मंसिर २९ गते ६:२७ मा प्रकाशित

‘सडकमै खाऔं सडकमै रमाऔं’ भन्ने नारासहित पोखरामा हुंँदै आएको सडक महोत्सवको प्रचारका लागि पोखराका पर्यटन व्यवसायी चितवन पुगेका छन् । डिसेम्बर २८ बाट सुरु हुने २१ औं पोखरा सडक महोत्सवका लागि यसभन्दा अघि उनीहरू इटहरी, जनकपुर हुँदै आइतबार चितवन पुगेका हुन् । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराले सौराहामा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै आयोजक संस्था रेबानका पूर्व अध्यक्ष सूर्यबहादुर भुजेलले अंँग्रेजी नयांँ वर्षलाई लक्षित गर्दै यसपटक पनि सडक महोत्सवको आयोजना गरिन लागिएको बताउनुभयो । ‘नयांँ वर्ष र भ्रमण वर्षलाई समेत लक्षित गरी महोत्सवको आयोजना गर्न लागेका हौं,’ उहाँले भन्नुभयोे, ‘यसले देशभरको टुरिज्म कनेक्टिभिटीलाई बढाउंँनेछ ।’

कार्यक्रममा २१ औं सडक महोत्सवका सहसंयोजक नरेश भट्टराईले पोखराका विभिन्न आर्थिक गतिविधिलाई चलायमान बनाउन, पर्यटन प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय स्तरमा महोत्सवको प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिँदै आएको बताउनुभयो । आयोजकका अनुसार ५ किमि दूरीसम्म सडकमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खाना, हस्तकला प्रदर्शनी, साहसिक खेलकुद तथा वृत्तचित्र प्रदर्शनी, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम गरिने छ । महोत्सवमा सबै स्टल गरी २ हजार स्टल रहने बताइएको छ ।

सौराहामा ४ सयदेखि ५ सयको हाराहारीमा स्तरीय होटल, ३ सयदेखि ४ सय रेस्टुरेन्ट र एकैदिन ६० देखि ७० हजार पर्यटकलाई सेवा दिन सक्ने क्षमता भएको भट्टराईको भनाई छ । महोत्सव जनवरी १ सम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू