अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३४ | Colorodo: 06:49

अल्वानियामा भवन निर्माण गर्दा न्यूनतम मापदण्ड पूरा नगरेको भन्दै ९ जना गिरफ्तार

बिआरटीनेपाल २०७६ मंसिर २९ गते ६:१४ मा प्रकाशित

अल्बानियामा भूकम्पले क्षतिग्रस्त भवन निर्माण गर्दा न्यूनतम मापदण्डसमेत पूरा नगरेको भन्दै डिजाइनर र निर्माणकर्तालाई नियन्त्रणमा लिईएको छ । शक्तिको आडमा बिना मापदण्ड भवन निर्माण गरेर सानो भूकम्पमा पनि बढी क्षति भएको भन्दै सुरक्षाकर्मीले ९ जनालाई नियन्त्रणमा लिएका हुन् ।

गत महिना भूकम्पले क्षतिग्रस्त डुर्रेस शहरमा क्षतिग्रस्त भवनका संरचना पन्छाउने क्रममा उनीहरुलाई गिरफ्तार गरिएको बीबीसीले जनाएको छ । पक्राउ पर्नेहरुमा होटलका सञ्चालकसमेत रहेको बताइएको छ । भूकम्पमा अधिकांश होटलमा क्षति पुगेको थियो । ६ दशमलव ४ म्याग्निच्यूटको भूकम्पका कारण अलबानीयामा ५१ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।

भूकम्पका कारण १४ हजार भन्दा बढी घरबारबिहिन भएका थिए । सन् १९९० मा कम्युनिजमको पतनपछि अल्बानियामा बिना मापदण्ड भवन तथा संरचनाहरु निर्माण हुँदै आएका छन् । भवन निर्माणको क्रममा न्यूनतम मापदण्ड पूरा नगरेको भन्दै संरचना निर्माणकर्ता र डिजाइनरलाई पक्राउ गरिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू