अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

सुडानका पूर्व राष्ट्रपति बसिरलाई जेल सजाय

बिआरटीनेपाल २०७६ मंसिर २९ गते ६:१० मा प्रकाशित

सुडानको एक अदालतले सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई दुई वर्ष नजरबन्दमा राखिने भएको छ । सुडानमा आन्दोलन चर्केपछि सेनाले पदच्युत गरेका बसिरलाई अदालतको आदेशमा सुविधासहितको सुधारगृहमा राखिने भएको छ ।

आफनो कार्यकालमा पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको र भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोपमा बसिर दोषी ठहर भएका थिए । सुडानको कानुन अनुसार ७० वर्ष काटेका कुनै पनि नागरिकलाई जेल सजाय दिन नमिल्ने भएका कारण उनलाई सुधारगृहमा नै नजरबन्दमा राखिने भएको हो ।

सुडानमा गत वर्ष राष्ट्रपतिविरुद्ध भएको आन्दोलनका क्रममा बसिरले प्रदर्शन दबाउन प्रदर्शनकारीहरुमाथि गोली प्रहार गर्न सम्मको आदेश दिएको समाचारमा जनाइएको छ । जसका कारण उनीमाथि निर्दोष व्यक्तिको हत्याविरुद्ध अर्को मुद्दा पनि परेको छ ।

यही मुद्दाको सुनुवाई पछि हुने फैसलापछि मात्रै नजरबन्दको सजाय सुरु हुनेछ । बसिरलाई गत अप्रिलमा पदच्युत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू