अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२ | Colorodo: 07:27

अमेरिकाले अफगानिस्तानबाट ४ हजार सेना फिर्ता गर्ने

बिआरटीनेपाल २०७६ मंसिर २९ गते ६:०८ मा प्रकाशित

अमेरिकाले अफगानिस्तान बाट करिब ४ हजार आफ्ना सैनिक फिर्ता गर्ने तयारी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ट्रम्प प्रशासनका एक बरिष्ठ अधिकारीले जनाए अनुसार सो सम्बन्धी घोषणा अर्को साता हुन सक्नेछ । ट्रम्पले यस अघि नै केही हजार सेना अफगानिस्तानबाट फिर्ता गर्न सकिने बताउनुभएको थियो ।

१८ वर्ष अघिको युद्धपछि पनि अफगानिस्तानमा १२ देखि १३ हजार अमेरिकी सेना बस्दै आएका छन् । गएको अगस्टमा ट्रम्पले ८ हजार ६ सय सेना फिर्ता गर्ने र के हुन्छ हेर्ने बताउनुभएको थियो । ह्वाइट हाउस र पेन्टागनले भने सो विषयमा बताउन चाहेका छैनन् ।

सेना घटाउने विषयमा आवश्यक तयारी भइरहेको र तालिबानसँग पनि अमेरिकाले वार्ता गर्न खोजिरहेको जनाइएको छ । गएको महिना राष्ट्रपति ट्रम्पले तालिबानले युद्धविरामको लागि सहमति जनाउने सम्भावना रहेको जनाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू