अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:११ | Colorodo: 03:26

नेकपा सचिवालय बैठकद्धारा स्थायी कमिटि बैठकका एजेण्डा तय

बिआरटीनेपाल २०७६ मंसिर २९ गते ६:०३ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकले स्थायी कमिटि बैठकका एजेण्डाहरु तय गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समेत सहभागिता रहेको सचिवालय बैठकले स्थायी कमिटिमा विधान संशोधनको एजेण्डा प्रस्तुत गर्ने कार्यसूचि तय गरेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूचि पनि रहेको छ । ओली र दाहाल परामर्श गरेर राजनीतिक प्रतिवेदन तयार भएको थियो । त्यसैगरि केन्द्रिय कमिटीको बैठक बोलाउने विषयमा पनि स्थायी कमिटिमा छलफल हुनेछ । प्रवक्ता श्रेष्ठले नेपाल भारत सीमा समस्या र अन्य विविध विषयमा पनि बैठकमा छलफल हुने बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थामा तीव्र सुधार भइरहेको जानकारी समेत गराउनुभएको थियो । सचिवालय बैठकले उहाँको पूर्ण स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू