अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३८ | Colorodo: 14:53

बलात्कार आरोपित वडाध्यक्ष छुटाउन काँग्रेसको प्रदर्शन

बिआरटीनेपाल २०७६ मंसिर २८ गते ६:२९ मा प्रकाशित

राजविराज, बलात्कार प्रयासको आरोपमा पक्राउ परेका वडा अध्यक्षलाई छुटाउन नेपाली काँग्रेसले शुक्रवार राजविराजमा प्रदर्शन गरेको छ ।

पक्राउ परेका शम्भुनाथ नगरपालिका-१२ का वडा अध्यक्ष लक्ष्मी साहसहित तीन जना निर्दोष रहेको भन्दै काँग्रेसले प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

काँग्रेस सप्तरीका सभापति दिनेश यादवको नेतृत्वमा रहेको जुलुसले नगर परिक्रमा गरी बुझाएको ज्ञापन पत्रमा वडा अध्यक्ष साह र अन्य व्यक्तिलाई अविलम्ब रिहा गर्न माग गरिएको छ । काँग्रेस पार्टीले घटनाको सूक्ष्म अनुसन्धान गरेको र आरोपित निर्दोष रहेको ज्ञापन पत्रमा दाबी गरिएको छ ।

राजनीतिक प्रतिशोधको भावनाले नियोजित ढङ्गले फसाएको दाबी सभापति यादवले गरे । यौन दुर्व्यवहारको आरोपमा प्रहरीले वडा अध्यक्ष साहसहित सोही ठाउँका अनिलकुमार राय अमात र नसिम मियाँलाई मङ्गलवार पक्राउ गरी उजुरी दर्ता गरेको छ ।

गाउँमा उत्पन्न विवाद पञ्चेती (छलफल) गरी मिलाइ दिने प्रलोभन दिएर गत मङ्सिर १२ गते ३४ वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपमा तीन जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको एसपी कृष्ण प्रसाईले बताए । यो समाचार दैनिक नेपालले छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू