अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३२ | Colorodo: 12:47

गायक दिल कुमार लिम्बुको आवाजमा पागल बनायौ

बिआरटीनेपाल २०७६ मंसिर २८ गते ६:१९ मा प्रकाशित

नेपाली सुगम सङ्गीतमा निकै राम्रो सम्भावना भएका गायक दिल कुमार लिम्बुको आवाजमा रहेको “पागल बनायौँ “गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमी प्रेमिका बिचको भावनात्मक प्रेमका भावहरूलाई गीतमा समेटिएको छ । आफ्नी प्रेमिकाको यादमा दिन बिताउने प्रेमीको भावनालाई गीतमा समेटिएको छ । प्रेमिकाको यादमा जीवनमा भएको उतार चढावलाई गीतमा समेटिएको गायकले बताए ।

जीवनको वास्तविक भोगाइलाई गीतमा समेटिएको कारण आम दर्शक तथा श्रोताले मन पराउनेमा आफू आशावादी रहेको कुरा उनले बताए । दिल कुमार लिम्बुको शब्द तथा सङ्गीत गीतमा रहेको छ । उत्सव दाहालको छायाङ्कन, निशान घिमिरेको सम्पादन तथा प्रकाश धितालको निर्देशन भिडियोमा रहेको छ । “पागल बनायौँ ” गीतको भिडियोमा जुना सुन्दास, अर्जुन क्षेत्री र पूर्ण लिम्बुको फिचरिङ तथा अभिनय रहेको छ । गीतमा प्रेमको त्रिकोणात्मक सम्बन्धलाई व्यक्त गरिएको छ ।

“पागल बनायौँ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

प्रतिक्रिया