अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 04:14

धनकुटा,जनकपुर र इटहरीबासीलाई रेवान पोखरा सडक महोत्सवको निम्तो

बिआरटीनेपाल २०७६ मंसिर २८ गते ५:२९ मा प्रकाशित

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन(रेबान) पोखराको टोली भने प्रचारात्मक अभियानको टोलीले ईटहरीवासीलाई पोखरा सड्क महोत्सवको निम्तो दिएको छ । २१ औ सस्करणको सडक महोत्सवको निम्तो बाँड्दै जनकपुर, धनकुटा र इटहरी पुगेको टोलीले महोत्सवमा आमन्त्रण गरेको छ । इटहरीमा आयोजित पत्रकार सम्मेलनमा पोखरामा आगामी पुस १२ गतेदेखि आयोजना हुने सडक महोत्सवमा पूर्वेलीबासीको उत्साहजनक सहभागिताको लागि रेबान टोलीले आग्रह गरेको थियो ।

पूर्वेली मौलिक सँस्कृति सडक महोत्सवमा वर्षेनी झल्कने उल्लेख गर्दै रेवान पोखराले सँस्कृतिलाई संरक्षण गर्ने अभिप्रायसँगै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको जानकारी गराउको थियो । रेबानले वर्षेनी एकै मितिमा सडक महोत्सव आयोजना गर्दै आएको छ । पुस १२ गतेदेखि १६ गतेसम्म निश्चित मितिमै गरिने यो एकमात्रै महोत्सव हो । विशेष गरी अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा घुम्न जाँउ है भन्ने अभिप्रायले रेबानले सडक महोत्सव आयोजना गर्दै आएको छ ।

रेबान पोखराले पुस १२ गतेदेखि लेकसाइड क्षेत्रको ३ किलोमिटरमा सडक महोत्सव गर्दै आएको छ । सडकमै खाँउ, सडकमै रमाऔं भन्ने नारासहित वर्षेनी आयोजित सडक महोत्सवमा लाखौं आन्तरिक तथा वाह्य पर्यटक पोखरा भित्रिने गरेका छन् । पोखराको फिस्टेल गेटदेखि डिहिको पाटनसम्मको करिब ३ किलोमिटर खुला सडकमा महोत्सव संचालन हुनेछ ।

महोत्सवको आकर्षणमा भारतिय, पाकिस्तान साँस्कृतिक, नेपालका लोपोन्मुख साँस्कृतिक कार्यक्रमहरु ३ कि.मि. क्षेत्रका वाटोमा रहेका स्टेजहरुमा प्रर्दशन गरिने, सडक मै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृतचित्त प्रदर्शनी, बालउद्यान, ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुवाट लाइभ कन्सर्ट प्रस्तुति राजु लामा, सविन राई, कर्म व्याण्ड, अभए एण्ड स्टिम इन्जस, लाह्रे, माउण्ट ८८४८ को प्रस्तुती रहने आयोजकले जनाएको छ ।

????????????????????????????????????

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू