अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१४ | Colorodo: 16:29

उपनिर्वाचनको परिणाम निराशाजनक छैन – नेकपा नेता नेपाल

बिआरटीनेपाल २०७६ मंसिर २८ गते ५:२८ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका लागि उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा शनिबार सन्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीले विगतमा जितेका केही स्थानमा हार्नुको मुख्य कारण स्थानीय निकायको काम–कारबारी, उम्मेदवारको चयनलगायतमात्र भएको प्रस्ट पार्नुभयो । ।

जनताको गुनासो सुन्नु, पारदर्शिता अपनाउनु, पार्टी सुदृढीकरण, सुशासन कायम गर्नुपर्नेजस्ता सुझाव जनताले उपनिर्वाचनमार्फत् दिएको मान्नुपर्ने नेता नेपालको भनाई छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले पार्टीभित्र एक व्यक्ति एक पदअनुसार प्रधानमन्त्री र पार्टी अध्यक्ष अलग–अलग हुनुले सरकार सन्चालन र पार्टी संगठन सुदृढीकरण अभियानमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

नेता नेपालले कालापानी र लिपुलेकका सम्बन्धमा सत्य र प्रमाणसहितको प्रतिवेदन भारत सरकारलाई बुझाइसकिएको जानकारी दिँदै अब सरकारीस्तरमा वार्ता भइ समस्याको समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ ।सीमा विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजानुले दुई देशबीच विवाद सिर्जना गर्नुमात्र हुने भन्दै यो समस्यालाई छलफल र वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

आफूलाई सीमा विवाद सम्बन्धमा विशेषदूत नियुक्त गरिएको कुरा हल्लामात्र भएकाले यस्तो कुनै किसिमको जिम्मेवारी अहिलेसम्म नपाएको नेता नेपालको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू