अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

नेपाल साहित्य महोत्सवमा नारायण ढकालको ’तमस’ सार्वजनिक

बिआरटीनेपाल २०७६ मंसिर २८ गते १:१२ मा प्रकाशित

नेपाल साहित्य महोत्सवमा आख्यानकार नारायण ढकालको कथासंग्रह ’तमस’ को विमोचन गरिएको छ । खगेन्द्र संग्रौला र गनेश पौडेलले पुस्तकको विमोचन गर्नुभएको हो । विमोचनका अवसरमा पुस्तकका विषयमा छलफल भएको थियो । छलफलमा खगेन्द्र संग्रौलाले पुस्तकमा कथा र उपन्यासबीचको सैद्धान्तिक पाटो भेट्न सकिने बताउनुभयो ।

४० वर्षदेखिको दोस्तीमा कहिल्यै साथ नछोडेको बताउँदै लेखक संग्रौलाले ढकाललाई सफलताको शुभकामना दिनुभयो । पुस्तकमा १३ वटा लामा तथा छोटा कथा समावेश रहेको नारायण ढकालले जानकारी दिनुभयो । ढकालका यसअघि प्रेतकल्प, वृशभ वध, हजार माइलको बाटोलगायतका चर्चित कृति प्रकाशित भैसकेका छन् । कथासंग्रह बुकिहल पब्लिकेशनले प्रकाशन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू