अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२२ | Colorodo: 05:37

पोखरामा पहिलो पटक आकाशे पुल बनाइँदै

बिआरटीनेपाल २०७६ मंसिर २८ गते ०:४७ मा प्रकाशित

पोखरामा पहिलोपटक आकाशे प्ल बनाईने भएको छ । पैदलयात्रीहरूको सुविधाका लागि पोखराको सिर्जनाचोकमा आकाशे पुल (ओभरहेड ब्रिज)को निर्माण कार्य थालिएको हो । बढ्दो जनघनत्व र सवारी साधनको कारण पोखराका मुख्य चोकहरूमा आकाशे पुलको आवश्यकता भएकोले पोखरा महानगरपालिकाको अगुवाइमा सिर्जनाचोकमा पहिलो पटक आकाशे पुल निर्माण गर्न थालिएको बताईएको छ ।

पोखरा महानगरपालिकाको २ करोड ३० लाख ११ हजारको लागतमा सिर्जनाचोकमा स्टिल ट्रस पेडेस्ट्रेन ओभरहेड ब्रिज निर्माण गर्न लागिएको इन्जिनियर बाबुराम भण्डारीले जानकारी दिनुभयो । आकाशे पुल निर्माणका लागि कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सदस्य समेत रहेका स्व. पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्फत् ५० लाख रुपैयाँ विनियोजन गर्नुभएको थियो । यस्तो डिजाइनको आकाशे पुल नेपालमा पहिलोपटक बन्न लागेको इन्जिनियर भण्डारीले जानकारी दिनुभयो ।

इन्जिनियर भण्डारीका अनुसार एक ठाउँबाट आकाशे पुलमा चढेपछि चारै तिरबाट झर्न मिल्छ। आकासे पुलका लागि जमिनमुनि सिमेन्ट र जमिनमाथिको सबै संरचना स्टिलको बन्ने छन्। २०७६ जेठ ५ गते आकाशेपुल निर्माणको लागि सम्झौता भएकोमा २०७७ साउन २७ गते सम्पन्न गर्ने लक्ष्य लिईएको छ । निर्माण कम्पनी केएमरजेबिएनएस पोखरा जेबी पोखरा १७ ले आकाशे पुल बनाउने जिम्मा पाएको छ। सिर्जनाचोकपछि पोखराका पृथ्वीचोक, महेन्द्रपुल र चिप्लेढुंगामा समेत आकाशेपुल निर्माण गरिने पोखरा महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू