अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०९ | Colorodo: 16:24

एक वर्षमा अमेरिका बसोबास गर्ने १० हजार भारतीयलाई हिरासतमा , ८३१ जनालाई देशनिकाला

बिआरटीनेपाल २०७६ मंसिर २८ गते ०:२४ मा प्रकाशित

अमेरिकी सरकारले जारी गरेको एक रिपोर्टअनुसार अघिल्लो वर्ष झण्डै १० हजार भारतीय पक्राउ गरिएको छ । उनीहरु राष्ट्रिय सुरक्षा तथा आम सुरक्षामाथि खतराको आशंमा पक्राउ परेका थिए । अमेरिकी सरकारको एक रिपोर्ट अनुसार पक्राउ परेका १० हजारमध्ये ८३१ जना भारतीयलाई अमेरिकाबाट बाहिर निकाला गरिएको थियो ।

‘इम्मिग्रेसन इन्फोर्समेन्टः अरेस्ट, डिटेन्सन्स एण्ड रिमुभल्स एण्ड इस्यु रिलेटेट टू सेलेक्टेड पपुलेसन’ शिर्षकको रिपार्टमा यो तथ्य उल्लेख छ । रिपोर्ट सरकारी जवाफदेही कार्यलयले तयार गरेको थियो । अमेरिकी आप्रवासन तथा भन्सार कार्यन्वय निकाय ‘आईसीई’का अनुसार जेल जाने भारतीयको संख्या सन् २०१५ देखि सन् २०१८बीच दुई गुणाले बढ्यो ।

आईसीईले सन् २०१५मा ३,५३२ भारतीयलाई जेल चलान गरिएको थियो । त्यसपछि प्रत्यक वर्ष जेल चलाउन हुनेको संख्या वृद्धि हुदाँ सन् २०१६ मा ३,९१३, सन् २०१७ मा ५,३२२ र सन् २०१८ मा ९,८११ भारतीयलाई जेल हालिएको थियो ।

रिपोर्ट अनुसार आईसीईले सन् २०१८मा ८३१ भारतीयलाई देश निकाला गरेको छ । अमेरिकाबाट निकाला पर्ने भारतीयको संख्यामा पनि प्रत्यक वर्ष वृद्धि भएको देखिन्छ । सन् २०१५ मा २९६, सन् २०१६ मा ३८७ र सन् २०१७ मा ४७४ भारतीयलाई अमेरिकाबाट निकाला गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू