अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४७ | Colorodo: 09:02

काठमाडौं जाँदै गरेको नेपाली सेनाको बस कावासोतीमा दुर्घटना, ३० जना घाइते, केहीको अवस्था गम्भीर

बिआरटीनेपाल २०७६ मंसिर २८ गते ०:३१ मा प्रकाशित

पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ छाउनीका लागि छुटेको नेपाली सेना सवार बस शनिवार बिहान दुर्घटना हुँदा त्यसमा रहेका ३० सेना घाइते भएका छन् ।

ना ६ ख ४०४ नंको बस आफैं अनियन्त्रित भई राजमार्गदेखि १० मिटर तल खसेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी निरीक्षक अर्जुन अधिकारीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएका १८ जनाको कावासोतीस्थित नवलपुर अस्पताल र १२ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बसमा ४० नेपाली सेना थिए । १० जनालाई भने केही नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू