अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२७ | Colorodo: 02:42

पूर्वराजा ज्ञानेन्द्र शाह केही साताको भ्रमणका लागि पूर्व जाने

बिआरटीनेपाल २०७६ मंसिर २७ गते २३:५९ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाह देश भ्रमणको क्रममा केही दिनका लागि पूर्व क्षेत्र जानुहुने भएको छ । पूर्वराजा शाह  पुस २ गते झापा जाने कार्यक्रम तय भएको छ । केही साताको बसाईको क्रममा उहाँ पूर्व क्षेत्रका जिल्लाहरुको भ्रमणमा जाने प्रेस सल्लाहकार डा. फणि पाठकले जानकारी दिनुभयो ।

पूर्वाञ्चालका विभिन्न जिल्लाको भ्रमणको क्रममा शाहले केही धार्मिकस्थल र मन्दिरहरुमा दर्शन तथा पूजा गर्नुका साथै आमनागरिकसँग भेटघाट गर्ने बुझिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू