अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०७ | Colorodo: 11:22

नेपालले चीनबाट प्याज किनेको भारतीय मिडियाको दावी

बिआरटीनेपाल २०७६ मंसिर २७ गते २३:५० मा प्रकाशित

पछिल्ला दिनमा नेपालमा चीनबाट प्याज भित्रिएपछि भारतीय सञ्चारमाध्यमले यस समाचारलाई महत्वका साथ छापेको छ । भारतीय मिडिया आजतकले भारतमा प्याजको मूल्य बढेका कारण नेपालले चीनबाट प्याज आयात गरेको लेखेको छ ।

उसले आईएनएसलाई उदृत गर्दै नेपाली बजारमा पहिले ९० प्रतिशत भन्दा बढी प्याज भारतबाट आयात हुने गरेको जनाएको छ । अहिले चीनबाट नेपालले दैनिक करिब ४० टन प्याज आयात गर्ने गरेको जनाएको छ ।

प्रतिक्रिया