अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५२ | Colorodo: 17:07

चिलीमा सुरक्षाकर्मीद्वारा मानवअधिकारको चरम उल्लंघन -राष्ट्रसंघ

बिआरटीनेपाल २०७६ मंसिर २७ गते २३:३० मा प्रकाशित

चिलीका सुरक्षाकर्मीमाथि मानवअधिकारको चरम उल्लंघन गरेको आरोप लगाइएको छ । विगत आठ हप्तादेखि सरकार विरोधी आन्दोलन चलिरहेका बेला चिलीका सुरक्षाकर्मीले हत्या, यातना र यौन हिंसालगायतका गतिविधि तीव्र पारेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालयले सुरक्षाकर्मीबाटै मानसिक यातना, अपहरण, यौन हिंसा र जबरजस्ती बेपत्ता पार्नेलगायतका घटना बढ्दै गएको भन्दै चिन्तासमेत व्यक्त गरेको छ । सरकारले सार्वजनिक यातायातको शुल्क वृद्धि गरेकोलगायत विभिन्न सार्वजनिक सरोकारका समस्या समाधानमा चासो नदेखाएको भन्दै चिलीमा आन्दोलन चलिरहेको छ ।

आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले सार्वजनिक भवन तथा सम्पति तोडफोड र आगजनी गर्न थालेपछि त्यसलाई नियन्त्रण गर्ने बहानामा सुरक्षाकर्मीले अमानविय व्यवहार गरेको राष्ट्रसंघको दावी छ । सुरक्षाकर्मीले नियन्त्रणमा लिएका कतिपय आन्दोलनकारीको हिरासतमै मृत्यु भएको पनि बताइएको छ ।

कयौं सर्वसाधारणको मृत्युको खबर पनि सुरक्षाकर्मीले लुकाएको राष्ट्रसंघले दावी गरेको छ । तर सरकारले भने राष्ट्रसंघको आरोपको खण्डन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू