अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२१ | Colorodo: 07:36

सौराहामा ‘हात्ती महोत्सव’

बिआरटीनेपाल २०७६ मंसिर २७ गते ६:४४ मा प्रकाशित

सौराहामा हात्ती महोत्सव गरिने भएको छ । ‘हात्ती मेरो साथी’ भन्ने मुलनाराका साथ वन्यजन्तुको संरक्षणमा सचेतना जगाउन र हात्तीबाट खेलिने मनोरञ्जनात्मक गतिविधि गरी पर्यटक प्रबर्द्धन उद्देश्यले हात्ती महोत्सवको आयोजना गरिएको हो । शुक्रवार सौराहामा आयोजक संस्था क्षेत्रीय होटल संघ, चितवनले पत्रकार सम्मलेन गरी महोत्सव वारे जानकारी गराएको हो ।

अंग्रेजी नयां वर्षको अवसर पारेर सुरु गरिने यो वर्ष १६ औं हात्ती महोत्सव पुष १० देखि १८ गतेसम्म चल्ने बताइएको छ । महोत्सवमा हात्तीका विभिन्न खेल, अन्य प्रतियोगिताका साथै सांस्किृतिक कार्यक्रमको आयोजना गरिने संघका अध्यक्ष दिपक भट्टराइले जानकारी दिनुभयो ।

प्रतिक्रिया