अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५९ | Colorodo: 11:14

पीपीएलको ट्रफी सार्वजनिक, प्रतियोगिता एकदिन पछि सर्यो

बिआरटीनेपाल २०७६ मंसिर २७ गते ६:४२ मा प्रकाशित

खराब मौसमका कारण मंसिर २८ (शनिबार) देखि हुने भनिएको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट निर्धारित समय भन्दा एकदिन ढिलो सुरु हुने भएको छ । पिपिएलको सम्पूर्ण तयारी सकिए पनि मौसमका कारण उद्घाटन एक दिनपछि सार्नु परेको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन आइतबार हुने जनाइएको छ।

पोखरामा क्रिकेट मैदानमा आयोजना हुने पिपिएल दोस्रो संस्करणको ट्रफी भने शुक्रबार सार्वजनिक गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ट्रफी अनावरण गर्दै खेलकुदमा व्यवसायिकता अपनाउनुपर्ने बताउनुभयो । प्रदेश सरकारले खेलकुद एकेडेमीको स्थापना गरेर खेल क्षेत्रलाई प्रवद्र्धन गर्ने योजना ल्याएको उहाको भनाई थियो ।

ट्रफी अनावरण कार्यक्रममा पिपिएलमा सहभागी सबै फ्रेन्चाइज टिमका टिम कप्तानहरु उपस्थित थिए । प्रतियोगिता टी–२० फर्म्याटमा सञ्चालन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू