अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४१ | Colorodo: 17:56

नेपालका ११ वटा सांस्कृतिक स्थलको स्तरोन्नति गर्न भारतले सघाउने

बिआरटीनेपाल २०७६ मंसिर २७ गते ६:४१ मा प्रकाशित

नेपालमा विसं २०७२ सालमा आएको भूकम्पबाट क्षतिग्रस्त नेपालका ११ वटा सांस्कृतिक स्थलको स्तरोन्नति गर्न भारतले सहयोग गर्ने भएको छ । यसका लागि नेपालमा रहेको भारतीय दूतावास तथा भारतीय कला तथा सांस्कृतिक राष्ट्रिय ट्रस्ट (इन्ट्याच) बीच सम्झौता भएको छ ।

भारतले नेपालको काठमाण्डौ, ललितपुर, भक्तपुर र सोलुखुम्बुको सांस्कृतिक सम्पदाको स्तरोन्नति गर्न सघाउनेछ । भारत सरकारको तर्फबाट मिसन दूतावासका उपप्रमुख अजय कुमार र इन्ट्याच सदस्य सीटी मिश्राले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

साथै हस्ताक्षर कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सदस्यहरुको सहभागिता रहेको थियो । इन्ट्याच ले नेपालको सांस्कृतिक सम्पदाको स्तरोन्नति गर्न डिजाइन बनाउने र प्रोजेक्टको लागि सल्लाहकारको रुपमा काम गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू