अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२१ | Colorodo: 10:36

‘साग’का पदक विजेतालाई नगर परिक्रमा गराईयो

बिआरटीनेपाल २०७६ मंसिर २७ गते ६:४० मा प्रकाशित

१३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई सम्मानस्वरुप शुक्रबार काठमाडौं नगर परिक्रमा गराइएको छ । खेलाडीहरुलाई काठमाडौं, भक्तपुर र ललितपुरमा नगर परिक्रमा गराउने तयारी गरिएपनि वर्षा र चिसो मौसमका कारण कार्यक्रमलाई काठमाडौंमा मात्र सीमित गरिएको थियो ।

नगर परिक्रमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को परिसरबाट सुरु भएर न्यूरोड, भोटाहिटी, रत्नपार्क, भृकुटीमन्डप, भद्रकाली, सिंहदरबार, थापाथली हुँदै पुनः त्रिपुरेश्वर पुगेर टुंगिएको थियो । छोटो रुट भएकाले खेलाडीहरु भृकुटीमन्डपसम्म हिँडेका थिए । पैदल हिँडेका उनीहरुलाई पानीले भने भिजाएको थियो ।

नागरिकस्तरबाट समेत मौसम बिग्रिएका कारण खेलाडीहरुलाई साथ भने मिल्न सकेन । १३ औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ ओटा कास्यपदक जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू