अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०१ | Colorodo: 02:16

बेलायत निर्वाचन -कन्जरभेटिभ पार्टीलाई विशाल बहुमत, लेबर निराश

बिआरटीनेपाल २०७६ मंसिर २७ गते २:०७ मा प्रकाशित

बेलायतको आम निर्वाचनमा सत्ताधारी कन्जरभेटिभ पार्टीले शानदार जित हासिल गरेको छ । पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ । ६५० सिटको संसदमा पार्टीले बहुमतका लागि आवश्यक ३२६ सिटको आँकडा पार गरेको छ । रुझान अनुसार उसको खातामा ३६३ सिट आउन सक्छ ।

विपक्षी लेबर पार्टीले आफ्ना थुप्रै पारम्परिक सिट गुमाएको छ । उसको सिट संख्या २ सय भन्दा कममा झर्न सक्नेछ । बेलायतका प्रधानमन्त्री बोरिस जनसनले भन्नुभएको छ कि उहाँलाई अब एक नयाँ जनादेश मिलेको छ जसबाट उहाँ बेलायतलाई यूरोपीय संघबाट अलग गर्ने ब्रेग्जिट डीललाई लागू गर्न सक्नुहुनेछ र बेलायतलाई एकजुट गर्न सक्नुहुनेछ ।

लेबर पार्टीका नेता जेरेमी कार्बिनले नतिजाबारे दुःख व्यक्त गर्दै यसलाई ‘लेबर पार्टीका लागि एक ठूलो निराशाजनक रात’ भन्नुभएको छ । पछिल्लो पाँच वर्षमा बेलायतमा भएको यो तेस्रो आम निर्वाचन हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू