अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४६ | Colorodo: 18:01

ट्राफिक नियम मिच्नेलाई सुन्दरीले दिइन चकलेट

बिआरटीनेपाल २०७६ मंसिर २६ गते २२:५८ मा प्रकाशित

इटहरी र मिस पूर्वाञ्चल २०१९ का २० जना प्रतियोगीहरू बिहीबार दिउँसो कोही इटहरी चोकमा पैदल यात्रीहरूलाई जेब्रा क्रसिंगमा हिँड्न सिकाउँदै थिए भने कोही हेलमेटको तुना नलगाई बाइक कुदाउनेलाई तुना लगाएर हिडनुपर्छ भन्दै सिकाउँदै थिए ।

प्रतियोगीहरूलाई विभिन्न तालिम दिने क्रममा ट्राफिक सचेतना सम्बन्धी तालिम दिँदै एक दिन स्वयंसेवकको रूपमा ट्राफिक प्रहरीहरू सँगै खटाइएको थियो । ट्राफिक प्रहरीको अगुवाइमा प्रतियोगीहरू वीरेन्द्र चोक , पश्चिम लाइन , पूर्व लाइन र विराटनगर लाइनमा खटिएका थिए । उनीहरूले ६० जना जति नियम मिच्ने सवारी चालकहरूलाई फेरि यस्तो नगर्न र सम्भावित दुर्घटना बाट बच्नको लागि अनुरोध गर्दै सबैलाई चकलेट वितरण गरेका थिए ।

१ न. प्रदेश ट्राफिक प्रहरी कार्यालयको समन्वयमा पूर्वाञ्चल लुब्रिकेन्ट्स ,बिराटचोकको सहयोगमा इटहरीमा गरिएको ट्राफिक सचेतना कार्यक्रम अघि प्रतियोगीहरूलाई १ न. प्रदेश ट्राफिक कार्यालय प्रमुख प्रहरी उपरीक्षक भीम बहादुर दाहाल र प्रहरी निरीक्षक होमनाथ दाहालले ट्राफिक नियम सम्बधि तालिम दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू