अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३४ | Colorodo: 11:49

नेपाली चलचित्र रावण गीतको सार्वजनिक

प्रभात लामा २०७६ मंसिर २६ गते २२:५० मा प्रकाशित

अभिनेता गजित विष्ट रावण बनेका छन्। रचनाकार मनिष वशिष्टको शब्दमा रहेको रावण स्तुति गानमा उनी रावण बनेका हुन्। बुधवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी रावण गीतको सार्वजनिक गरिएको हो। रचनाकार मनिष वरिष्ठको कलात्मक साङ्गीतिक प्रस्तुति हो ‘रावण।सार्वजनिक गीतमा मनिष वरिष्ठ र सजन न्यौपानेको आवाज तथा उनीहरूकै सङ्गीत सुन्न सकिन्छ।

‘रावण मा धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार लंकाका राजा रावणको तारिफ गर्दै तयार पारिएको छ। रावणलाई आम जनमानसमा नकारात्मक पक्षको मात्रै जानकारी दिइएको कारण उनीलाई नकारात्मक दृष्टिले हेर्ने गरिन्छ। तर यस गीतमा रावण भित्रका सकारात्मक पक्षको चित्रण गीतमा गरिएको छ।

अहो रूपमहो धैर्हमहोत्सवमहो द्युतिः।
अहो राक्षसराजस्य सर्वलक्षणयुक्तता।।

अर्थात्, रावणलाई देख्नासाथ राम मुग्ध भए र भने, ‘रूप, सौन्दर्य, धैर्य, कान्तिले सर्वलक्षणयुक्त हुँदा हुँदै पनि यदि रावण भित्र अधर्म बलवान हुँदैन थियो भने उनी देव लोकको पनि स्वामी बन्ने थिए सायद।’ यही श्लोकमा रहेर रचनाकार वरिष्ठले तयार गरेको गीतको कलात्मक भिडियो पनि सार्वजनिक गरिएको छ। गीतको मर्म अनुसार तयार भिडियोलाई गम्भीर विष्टको निर्देशनमा तयार पारिएको हो। नवराज उप्रेतीको सिनेमेटोग्राफी, नवीन निरौलाको सम्पादन तथा उप्रेतीकै छायाङ्कनमा तयार भिडियोमा कलाकार गजित विष्टको अभिनय रहेको छ।

प्रतिक्रिया