अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१४ | Colorodo: 08:29

राष्ट्रसेवकको खोजी गर्दै रियालिटी शो ‘दी लिडर’ को घोषणा

बिआरटीनेपाल २०७६ मंसिर २६ गते ६:२१ मा प्रकाशित

चर्चित फ्रेन्चाइज् शो केबीसीको नेपाली संस्करण ‘को बन्छ करोडपति’को सफलतापछि नेपालमा अर्को रियालिटी शो ‘दी लिडर’ आउने भएको छ । एसआरबीएन मिडिया र एरो प्रोडक्शनको सहकार्यमा नेपालमै पहिलोपटक रियालिटी शोमार्फतदेशको लागि एक सच्चा लिडरको खोजी गर्दै ‘दी लिडर’ आउन लागेको हो । बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शो आयोजना हुन लागेको जानकारी दिइएको छ ।

‘दी लिडर’ का ५ निर्णायकहरुमध्ये पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधान न्यायाधिस सुशिला कार्की र पूर्व नेता तथा पत्रकार रविन्द्र मिश्रले संयुक्त रुपमा कार्यक्रमको नाम र लोगो सार्वजनिक गर्दै कार्यक्रमको औपचारिक घोषणा गरिएको छ । कार्यक्रमको लागि देशका ७ वटै प्रदेश र विदेशमा हुने अडिसनबाट उत्कृष्ट १०० जना चयनगरि काठमाडौंमा अरु चरणको लागि छानिने बताइएको छ । विभिन्न चरण लगायत निर्णायक टिम र दर्शकको मन जितेका एक व्यतिmलाई अन्ततः राष्ट्रको लिडर को किताब प्रदान गरिनेछ ।

निर्णायक प्यानलका दुई निर्णायकहरु आम दर्शकको प्रतिक्रियाबाट छानिने पनि बताइएको छ । रियालिटी शो ‘दी लिडर’लाई टेलिभिजन प्रस्तोता रबी लामिछानेले संचा लन गर्नुहुनेछ । देशमा नेतृत्व गर्न सक्ने एक सक्षम व्यतिmको खोजी गर्ने उद्देश्यक साथ यो रियालिटी शो को आयोजना गर्न लागिएको आयोजक टिमले जानकारी दिएका छन् ।

‘द लिडर’ न्युज २४ टेलिभिजन, रमाईलो टिभी एचडी र गुन्द्रु एप बाट प्रसारण गरिने छ । विजेतालाई काठमाडौंमा एक सुविधा सम्पन्न अपार्टमेन्ट, कार, २० लाख नगद र राष्ट्रिय राजनीतिमा नेतृत्व लिने अवसर प्रदान गरिने छ । देशभरिबाट इच्छुक व्यतिmले सहभागीता जनाउन आवेदन खुल्ला भैसकेको छ । इच्छुक नेपालीले गुन्द्रुक एप वा लिडर नेपालको वेवसाइटमा गएर आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू