अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४४ | Colorodo: 06:59

अमेरिकालाई टक्कर दिँदै चीनद्धारा ‘सिक्स जी प्रविधि’को खोज

बिआरटीनेपाल २०७६ मंसिर २६ गते ६:१९ मा प्रकाशित

विश्वभर फाइभजीको चर्चा चलिरहँदा चीनले भने ‘सिक्स जी’को प्रोजेक्ट आधिकारिक रुपमा घोषणा गरेको छ। चीनको विज्ञान तथा प्रविधि मन्त्रालयले अमेरिकालाई प्रतिस्पर्धामा पछाडि पार्ने गरी नयाँ जेनेरेशनको टेक्नोलोजी ‘सिक्स जी’ नेटवर्क्स, विज्ञहरु र रिसर्च संस्था चयन गरेको ग्लोबल टाइम्सले जनाएको छ।

टाइम्सका अनुसार चीनले शनिबार नै विज्ञान तथा प्रविधि मन्त्रालयमा बैठक बसेर विश्वविद्यालयबाट ३७ जना प्रविधि विज्ञ, अनुसन्धानकर्ता इन्स्टिच्यूट र इन्टरप्राइजेज चयन गरेको हो। यसका साथै उसले उद्योग वाणिज्य मन्त्रालसँग छलफल गरेको थियो। जिम्मेवारी पाएका उक्त ग्रुपहरुले ‘सिक्स जी’को टेक्निकल पक्ष र बनाउनु पर्ने पूर्व तयारीका संरचनाहरुबारे सुझाव दिनेछन भने यसको प्रदर्शन समेत गरेर देखाउने चीनको विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

चीनले अहिले फाइभ जीको विश्वभर नेतृत्व गरिरहेका छ भने व्यापारिक रुपमा अक्टोबर ३१ देखि आफ्नो सेवा सुरुवात गरिसकेको छ। चीनले ८६ हजारभन्दा बढी फाइभजीको आधारभूत स्टेशनहरु बनाइसकेका छन् भने फाइभजीको ह्याण्डसेट पनि बजारमा उपलब्ध गराइसकेको छ। तर यता, अमेरिकाले भने चीनको फाइभजी टेक्नोलोजीलाई अवरोध गर्न अन्तर्राष्ट्रिय रुपमै लागि परेको छ। हुवावेको नेटवर्कलाई अन्तर्राष्ट्रिय रुपमै ब्याण्ड गरेपछि अमेरिकाले चीनको ‘सिक्स जी प्रविधि’लाई पनि विश्वभर पहुँचमा पुग्न नदिन नीजी टेलिकमहरुलाई कडाइ गर्न थालेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू