अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४४ | Colorodo: 02:59

नागरिकता विधेयकले भारतमा हंगामा , आसाम र त्रिपुरामा दंगा, कर्फ्यु आदेश जारी

बिआरटीनेपाल २०७६ मंसिर २६ गते ६:१० मा प्रकाशित

भारतीय संसदको दुबै सदनले नागरिकता संशोधन विधेयक पारित गरेपछि त्यसको विरोधमा नागरिकहरु आन्दोलनमा उत्रिएका छन् । नागरिक आन्दोलन हिंसा र आगजनीमा परिणत हुन थालेपछि कतिपय राज्यमा सरकारले कर्फ्यु नै लगाएको छ । पूर्वोत्तर भारतको आसाम राज्यमा दंगा फैलिएको छ । जसका कारण गुवाहाटीमा अनिश्चितसमयका लागि कफ्र्यू लगाइएको छ । प्रदर्शनकारीले रेल स्टेशनमै तोडफोड र आगजनी गरेका छन् । प्रदर्शनकारीहरु कर्फ्युको अवज्ञा गरेर आन्दोलनमा उत्रिएका छन् । त्रिपुरामा पनि प्रदर्शन थालिएको छ ।

स्थानीय प्रशासनले सेना परिचालन गर्नेसम्मको तयारी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । गुवाहाटी, राजधानी दिसपुर तथा संकटग्रस्त क्षेत्रमा केन्द्रीय अर्धसैनिक बल र राज्य सुरक्षा बल तैनाथ गरिएको छ । रेल स्टेशनहरुमा उच्च सतर्कता अपनाइएको छ । कतिपय जिल्लामा इन्टरनेट सेवासमेत बन्द गराइएको भारतीय मिडियाहरुले जनाएका छन् । आसाममा दंगा भड्किएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आसामी जनताको भाषा, संस्कृति र आधिकार कसैले पनि खोस्न नसक्ने भन्दै शान्त रहन अपील गर्नुभएको छ । लोक र राज्यसभा दुबैको बहुमतले नागरिकता विधेयक पारित भएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यो कानुनले वर्षौंदेखि उत्पीडनमा परेकाहरुको पीडा अन्त्य हुने दाबी गरिरहँदा प्रतिपक्षी कांग्रेसले भारतीय संविधानको मूल मर्ममै प्रहार गरेको आरोप लगाएको छ । प्रतिपक्षी कांग्रेसले मात्र नभई ६ सयभन्दा बढी भारतीय लेखक, कलाकार, सिनेकर्मीलगायतले विधेयकले भारतीय लोकतन्त्रको धज्जी उडाएको टिप्पणी पनि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू