अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५० | Colorodo: 15:05

भारत छिरेका बलात्कार अभियुक्त ६ महिनापछि पक्राउ

बिआरटीनेपाल २०७६ मंसिर २५ गते २३:२३ मा प्रकाशित

इटहरी, सुनसरीको इटहरीमा एक युवतीलाई बलात्कार गरी भारत फरार रहेका अभियुक्तलाई ६ महिनापछि प्रहरीले पक्राउ गरेको छ ।

इटहरी उप महानगरपालिका–२० मा सन साहेब फर्निचर सञ्चालन गर्ने २४ वर्षीय राजेशकुमार मेहता विरुद्ध बलात्कार गरेको, भारतीय नम्बरबाट धम्की दिएको उजुरी इलाका प्रहरी कार्यालयमा परेको थियो ।

ती युवतीलाई इटहरी–१९ मा गएको १८ जेठमा बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो । २४ मङ्सिरमा पक्राउ गरी उक्त अभियोगमा ५ दिन म्याद थपेर अनुसन्धान जारी रहेको इप्रका इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) धर्मराज भण्डारीले जानकारी दिएका छन् ।

अभियुक्त मेहताले भारतीय नम्बरबाट फोन गरी प्रहरीमा उजुरी दिए पीडितलाई ज्यान मार्ने धम्की समेत दिँदै आएका थिए । दैनिक नेपालले खबर छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू