अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३४ | Colorodo: 05:49

रक्तदाता मैनालीका नाममा अन्तर्राष्ट्रिय दिवस

बिआरटीनेपाल २०७६ मंसिर २५ गते २२:४७ मा प्रकाशित

अमेरिका । अमेरिकामा रही रक्तदानबाट चर्चा कमाएका अर्जुनप्रसाद मैनालीलाई स्थानीय एक नगरले फरक तरिकाले सम्मान गरेको छ । उनका नाममा न्यु योर्क राज्यको ओयस्टर बे टाउनले डिसेम्बर २२ लाई विश्व रक्तदाता अर्जुन मैनाली दिवस घोषणा गरेको छ । गत सोमबार (डिसेम्बर ९) का दिन उनलाई टाउनको कार्यालयमै बोलाएर उक्त घोषणा गरेको हो । नगर कार्यालयका अधिकारी जोसेफ सालडिनोले उनको प्रशंसा गर्दै उक्त घोषणा-पत्र प्रदान गरेका थिए ।

न्युयोर्कको पूर्वी भागमा रहेको ओयस्टर बे टाउन न्यु योर्क राज्यको नासाउ काउन्टीमा छ । २०१० को जनगणनाअनुसार यहाँको जनसङ्ख्या २ लाख ९३ हजार छ ।

काभ्रेपलान्चोकमा जन्मेका मैनाली हिक्सभिल, न्युयोर्कमा बस्छन् । उनले ६ वटा महादेशका १७ देशमा रक्तदान गरिसकेका छन् । सन् १९८७ मा १९ वर्षको उमेरमा नेपालमा पहिलो पटक रक्तदान गरे यता सन् २०१९ सम्ममा १७२ पटक गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू