अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०१ | Colorodo: 21:16

नेपाली बैंक ह्याक गर्ने गिरोहका तीन जना सदस्य पक्राउ

बिआरटीनेपाल २०७६ मंसिर २५ गते ६:०९ मा प्रकाशित

विभिन्न प्रलोभनमा पारेर ठगी गर्नुका साथै नेपाली बैंक तथा वित्तीय संस्था समेत ह्याक गरेर रकम चोर्ने कार्यमा संलग्न गिरोहका तीन जना सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाका रमेश खड्का, नवलपरासीका विशेश्वर प्रसाद तिवारी र सन्दीप कलवास रहेका छन् । उनीहरुलाई राजधानीबाहिरका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

नाइजेरियन तथा भारतीय नागरिक पीटर हर्मन असेन्जा र स्मिथ मोरिसले नयाँ दिल्ली, मुम्बई पाकिस्तान, चीन, तान्जानिया, इथियोपिया तथा बेलायतमा बसी नेपालका विभिन्न व्यक्तिलाई एजेन्ट बनाएर ठगी तथा बैंक ह्याक गर्न लगाउँदै आएका महानगरीय अपराध महाशाखाले जनाएको छ ।

यस समूहले कृषि विकास बैंक र पानश रेमिट ह्याक गरेको र त्यसरी ह्याक गरेको तथा ठगी गरेको रकम विभिन्न १७ वटा बैंकमा राखेर कारोबार गर्दै आएका थिए । ह्याक र ठगी गरेको रकम नेपालका एजेण्डलाई १५ देखि २० प्रतिशत दिने र बाँकी रकम विभिन्न माध्यमबाट भारत पठाउने गरेको देखिएको आज आयोजित पत्रकार सम्मेलनमा महाशाखाले जानकारी गराएको छ ।

४० नेपाली एजेण्टले यो कार्य गर्नका लागि एक जनाले ६ वटासम्म खाता खोजेको पाइएको र हालसम्म उनीहरुले १४ करोड ६७ लाख ९१ हजार शंकास्पद रुपमा कारोबार गरेको पाइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । यसै समूहमा रहेका ३४ नेपाली अनलाइन फर्डमा पनि संलग्न भएको पाइनुका साथै १५ जना पीडित पनि प्रहरीको सम्पर्कमा आइसकेका छन् ।

एजेन्टले ठगी गरेको रकम कारोबार गर्न प्रयोग भएका बैंक समेत ह्याक भएको हुन सक्ने भन्दै अनुसन्धान भइरहेको महाशाखाका सूचना अधिकारी सुशील सिंह राठौरले जानकारी दिनुभयो । प्रहरीका अनुसार यो ठगी र ह्याकका नाइके पीटर हर्मन असेन्जा र स्मिथ मोरिससहित अरु १० जना भारतीय पनि रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू