अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०१ | Colorodo: 13:16

साग स्वर्ण विजेतालाई २५ लाख दिन तरुण दलको सरकारसंग माग

बिआरटीनेपाल २०७६ मंसिर २५ गते ६:०२ मा प्रकाशित

नेपाल तरुण दलले दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै स्वर्ण पदक जित्ने प्रत्येक खेलाडीलाई २५ लाख उपलब्ध गराउन सरकारसँग माग गरेको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले स्वर्ण जित्नेलाई २५ लाख, रजत जित्नेलाई १५ लाख र कांस्य जित्नेलाई १० लाखका दरले पुरस्कारको व्यवस्था गरी खेलाडी र खेलप्रति सम्मान गर्न सरकार र खेलकुद परिषद्लाई आग्रह गर्नुभएको हो ।

अध्यक्ष बस्नेतले जारी गरेको विज्ञप्तिमा देशको इज्जत बचाउन महत्वपूर्ण योगदान पु¥याएकोमा धन्यवाद स्वरुप पुरस्कृत गर्नुपर्ने उल्लेख छ । १३ औँ सागको आयोजना गरेको नेपाल ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्दै दोस्रो भएको थियो । बस्नेतले साग आयोजना गर्दा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले भ्रष्टाचार गरेको आरोपसमेत लगाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू