अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१७ | Colorodo: 15:32

प्रहरी निरीक्षक जयनेपाल थापा ४० हजार घुससहित पक्राउ

बिआरटीनेपाल २०७६ मंसिर २५ गते ५:५९ मा प्रकाशित

नेपाल प्रहरीका एकजना निरीक्षक (इन्सपेक्टर) घुससहित पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अुनसन्धान आयोगको टोलीले ललितपुरको पाटनबाट घुससहित नियन्त्रणमा लिएको हो। वैदेशिक रोजागरीको प्रयोजनका लागि ४० हजार घुस लिँदै गरेको अवस्थामा उनलाई पाटनबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो ।

थापा महानगरीय अपराध महाशाखामा कार्यरत थिए। उनी मंगलबारसम्म १३औं दक्षिण एसियाली खेलकुद (साग)को सुरक्षाका लागि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कमाण्ड पोष्टमा खटिएका थिए। यसअघि मंगलबार अख्तियारले काठमाडौंको नयाँ बानेश्वरबाट २० लाख रुपैयाँ घुससहित दुईजना इन्जिनियरलाई रंगेहात समातेको थियो।

अख्तियारले मंगलबार नै सर्लाहीको प्रहरी चौकी त्रिभुवन नगरका प्रहरी नायव निरीक्षक राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई ५० हजार घुससहित नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू