अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३८ | Colorodo: 22:53

सागमा ४ स्वर्ण विजेता गौरिकाले ५६ लाख पाउने

बिआरटीनेपाल २०७६ मंसिर २५ गते ५:५४ मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीले १३ औं सागमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेसँगै सागमा नेपालका लागि सर्वा्धिक स्वर्ण जित्ने गौरिका सिंहले पुरस्कार पनि सबभन्दा धेरै पाउने भएकी छन् ।

बुधबार बालुवाटारमा प्रधानमन्त्रीले गरेको घोषणामा सागमा दुई वा दुईभन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख पुरस्कार दिने घोषणा गर्नुभयो यस हिसाबले सागमा ४ स्वर्ण जित्ने गौरिका सिंहले ४४ लाख पाउने छिन् ।

यस्तै, रजत जित्नेलाई ६ लाख घोषणा गरिएअनुसार २ रजत जितेकी गौरिकाले थप १२ लाख पाउनेछिन्। यसरी हेर्दा उनले कम्तिमा ५६ लाख पाउने छिन्। व्यक्तिगत तर्फ कांस्य जित्नेलाई ३ लाख दिने घोषणा गरिए पनि टिम इभेन्टमा जित्नेलाई कति दिने खुलाइएको छैन। यसमा पनि पुरस्कार दिइए गौरिकाले पाउने पुरस्कार रकम अझै बढ्नेछ।

प्रधानमन्त्रीले गरेको घोषणा अनुसार व्यक्तिगत तर्फ स्वर्ण जित्नेले जनही ९ लाख र टिम इभेन्टमा जित्नेले ५ लाख पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू