अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०३ | Colorodo: 07:18

सागमा स्वर्ण विजेता फुटबल टोलीलाई जनही पाँच लाख दिने सरकारको घोषणा

बिआरटीनेपाल २०७६ मंसिर २५ गते ६:०१ मा प्रकाशित

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलमा स्वर्ण जित्ने खेलाडीलाई जनही पाँच लाख दिने सरकारले घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा खेलाडीलाई सम्मान गर्दै प्रोत्साहन स्वरूप जनही पाँच लाख दिने घोषणा गर्नुभयो । यसका साथै प्रशिक्षणलाई पनि पाँच लाख दिइने भएको छ । मंगलबार भएको फाइनलमा भुटानलाई २–१ अन्तरले हराउँदै नेपालले स्वर्ण जितेको थियो ।

यसअघि स्वर्ण विजेतालाई जनही ९ लाख, रजत पदक विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख दिने घोषणा गरिएको थियो ।

प्रतिक्रिया