अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२३ | Colorodo: 03:38

राष्ट्रपतिद्वारा सागका विजेता खेलाडीलाई बधाइ

बिआरटीनेपाल २०७६ मंसिर २५ गते ५:५१ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई हार्दिक बधाइ ज्ञापन गर्नुभएको छ । राष्ट्रपतिले बुधबार अपराह्न ट्वीट गर्दै प्रतियोगितामा सहभागी सबै राष्ट्रका खेलाडी तथा खेल पदाधिकारीमा आभार व्यक्त गर्नुभएको हो ।

साथै, उहाँले सागको सफल आयोजनाका निम्ति युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, प्रशिक्षक, निर्णायकलगायत सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको छ ।

राष्ट्रपतिले उक्त प्रतियोगिताबाट दक्षिण एसियाली मुलुक र जनताबीचको सम्बन्ध थप प्रगाढ भएको महशुस आफूले गरेको पनि उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू