अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१३ | Colorodo: 02:28

कञ्चनपुरमा हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु, चार जना घाइते

बिआरटीनेपाल २०७६ मंसिर २५ गते ५:४३ मा प्रकाशित

कञ्चनपुरमा हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् । मृत्युहुनेमा महाकाली नगरपालिका वडा नम्बर २ की ३८ बर्षिया बसन्ती भट्ट र ४५ बर्षिया भुरिदेबी बोहरा रहेकी छिन् ।

यस्तै घाइते हुनेहरुमा सोही स्थानकी सरिता ओझा, उमादेबी साउद, ललिता बोहरा र सुनिता बिस्ट छन् । घाइतेमध्ये विष्ट र ओझाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । महाकाली २ स्थित मायावती सामुदायिक बिहान वनमा घाँस काट्न जाँदा उनीहरुमाथि जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

मृतक दुबै महिलाको महाकाली अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्र वहादुर चन्दले जानकारी दिनुभयो । तीन वटा समुहमा आएका हात्तीले उनीहरुमाथि एक्कासी आक्रमण गरेको बताइएको छ । महिलाहरुमाथि हात्तीले आक्रमण गरेपछि स्थानीय भेला भएर हात्तीलाई जंगलतर्फ भगाएका थिए । घाइतेहरुको पनि महाकाली अंचल अस्पतालमै उपचार भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू